Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारद्वारा न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा, व्यापक सरुवा र पदस्थापन

सरकारद्वारा न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा, व्यापक सरुवा र पदस्थापन

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । सरकारले न्याय सेवातर्फका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका रजिस्ट्रारका रूपमा कार्यरत जितेन्द्रबाबु थपलियालाई सचिवमा बढुवा गर्दै न्याय परिषद्को सचिवमा पदस्थापन गरेको छ।

त्यसैगरी, महान्यायाधिवक्ताको कार्यालयमा कायम मुकायम नायव न्यायाधिवक्ताको जिम्मेवारी सम्हालिरहेका उद्धवप्रसाद पुडासैनीलाई सचिवमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिवमा पदस्थापन गरिएको छ ।

सरकारको यो निर्णय बिहीबारै बसेको न्याय सेवा आयोगको बैठकको सिफारिसका आधारमा गरिएको हो ।

मन्त्रिपरिषद्ले न्याय सेवा आयोगको सिफारिसअनुसार सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिवबाट सरुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ताको जिम्मेवारी तोकेको छ।

त्यसैगरी, नेपाल न्याय सेवाका सरकारी वकिल समूहअन्तर्गत उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीलाई महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्तामा सरुवा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077