Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोटमा भियतनामसँग नेपाल पराजित

एसियन कप छनोटमा भियतनामसँग नेपाल पराजित

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल भियतनामसँग ३–१ गोल अन्तरले पराजित भएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ ।

एसियन कप छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । हिजो भएको खेलको नवौं मिनेटमा नै घरेलु टोली भियतनामले अग्रता लियो ।

भियतनामको जितमा न्युगेन हाय लोङ, न्युगेन हायले गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा समेटियो ।

डि बक्स नजिकै नेपालका मिडफिल्डर लाकेन लिम्बूले भियतनामका न्युगेन हायलाई फाउल गरेका थिए । लाकेनलाई रेफ्रीले रातो कार्ड दिए ।

३ खेलमा नेपाल अंकविहीन छ । यसअघि पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो । अब नेपालले असोज २८ गते भियतनाममै दोस्रो खेल खेल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077