Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं प्रशासनले रोक्यो भोली हुने भनिएको युवा संघको र्‍याली र सभा

काठमाडौं प्रशासनले रोक्यो भोली हुने भनिएको युवा संघको र्‍याली र सभा

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

जेनजी युवा आन्दोलनपछि युवा संघले असोज २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको थियो । त्यसका लागि तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना युवा संघ अध्यक्ष क्षितिज थेबेले जारी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ ।

सूचनामा भनिएको छ–‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077