Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आलोचनापछि सेनाले भन्यो - शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

आलोचनापछि सेनाले भन्यो - शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका घटनापछि उत्पन्न परिस्थितिबारे नेपाली सेनाले औपचारिक प्रतिक्रिया जनाएको छ।

विभिन्न टीका–टिप्पणी र आलोचनापछि शुक्रबार विज्ञप्ति जारी गर्दै सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित असरलाई वस्तुपरक ढंगले मूल्यांकन गर्दै आवश्यक पहल लिएको जनाएको छ।

विज्ञप्तिमा सेनाले विषम परिस्थितिलाई सामान्य बनाउने क्रममा आफ्नो भूमिकाबारे समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव र आलोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ।

सेनाले भनेको छ,'गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न राय, सुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति हार्दिक आभार व्यक्त गर्दछौं।'

सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई समयमै मूल्यांकन गरी छिटोभन्दा छिटो शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यका साथ आवश्यक पहल लिएको स्पष्ट पारेको छ।

साथै, सेनाले हालका संवेदनशील अवस्थाबीच सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणी र धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,'संवेदनशील परिस्थितिमा संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका–टिप्पणी सम्प्रेषण भइरहेका विषयमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077