Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्पतालले भन्यो- राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

अस्पतालले भन्यो- राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ- 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ। हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं।'

शनिबार जेनजी प्रतिनिधिहरू राष्ट्रपतिसँग छलफल गर्न भन्दै २२ जना जेनजी अगुवा बिहान शीतलनिवास पुगेका थिए।

तर उनीहरूसँग छलफल गर्दागर्दै राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो।

हाल  राष्ट्रपति चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077