Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीलाई मन्त्री पुनको आह्वान - गुटबन्दीले देश डुबाउँछ, एकता आवश्यक छ

जेनजीलाई मन्त्री पुनको आह्वान - गुटबन्दीले देश डुबाउँछ, एकता आवश्यक छ

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हालको राजनीतिक तथा सामाजिक परिस्थितिमा नेपालीबीच एकताको अत्यावश्यकता औंल्याउँदै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले देशलाई निरन्तर नोक्सान मात्र पुर्‍याएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो सन्देशमा देशको सार्वभौम सत्ता, सुशासन र विकासका लागि सबै नेपाली, विशेषतः जेनजी पुस्तालाई गुटबन्दी र आपसी द्वन्द्वबाट टाढा रहन आग्रह गरेका हुन् ।

'राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, झनै धेरै नोक्सान हुन्छ,' मन्त्री पुनले लेखेका छन्,'देश माया गर्ने सबै नेपालीलाई एकताको मार्गमा हिँडौं भन्ने मेरो हार्दिक अनुरोध छ।'

उनले नेपालमा गुटबन्दी र आन्तरिक द्वन्द्वको संस्कार राजशाही कालदेखि वर्तमान लोकतान्त्रिक अभ्याससम्म दोहोरिँदै आएको स्मरण गर्दै त्यसका ठूल्ठूला ऐतिहासिक उदाहरणहरू प्रस्तुत गरेका छन् ।

उनले जेनजी पुस्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै भनेका छन्- 'तपाईंहरूमा अद्भुत ऊर्जा र राष्ट्रप्रेम छ। यही ऊर्जा मिलेर देशको भविष्य बन्न सक्छ — तर गुटबन्दीले त्यो सपना चकनाचुर पार्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077