Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थसहित लेखापाल रामबलम प्रसाद यादव र रौटहट एडभरटाइजिङ एजेन्सीका अध्यक्ष अजित कुमार कर्णविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

नगरपालिकाको वडा नम्बर ३, सखुअर्वास्थित देवी माध्यमिक विद्यालयको भवन निर्माण कार्यका लागि ठेक्का आह्वान गर्ने क्रममा उनीहरुले भष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार निर्माण कार्यका निम्ति बोलपत्र सूचना राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरुको मिलेमतोमा सूचना ननिकाली रकम लेनदेन भएको पाइएको छ ।

अख्तियारद्वारा विशेष अदालत काठमाडौंमा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई लाख ५७ हजार ९७० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077