काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर भेपमा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका थिए। सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो।
सुन तस्करीको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक शक्तिको आडमा उनीमाथि मुद्दा चलेको थिएन ।
नयाँ बनेसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै मुद्दाहरू ब्रेक-थ्रु हुन्छन भनेका थिए।