Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। 

प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२, खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।

स्मार्ट टेलिकम प्रा.लि.ले आफ्नो आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (लाइसेन्स)नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को प्रावधान अनुसार २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।

लाइसेन्स खारेज भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ बमोजिम स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो।

यसरी पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रणमा आइसकेको सम्पत्तिमा बेइमानीपूर्वक सरकारी हितविपरीत काम भएको पाइएपछि जोशीमाथि अनुसन्धान अघि बढाउन पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका जोशीमाथि हाल सीआईबीले ठगी तथा आपराधिक विश्वासघात कसुरमा थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077