काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले भोटेकोशी जलविद्युत् आयोजनासँग भएको १० प्रतिशत निःशुल्क शेयर सम्झौताप्रति कडा आपत्ति जनाएका छन् ।
उनले यस्तो कार्यलाई “लुटपाट र दबाबको परिणाम” भन्दै आलोचना गरेका हुन् ।
थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- 'कुन जेनजी हो ? अधोपतन यहींबाट सुरु भएको छ । भोटेकोशी हाइड्रोपावरको सित्तैमा १० प्रतिशत शेयर लिएर सुरु भएको खबर छ१ लुटपाट, आगजनी, विध्वंस र तोडफोडबाट आएपछि गर्ने यस्तै हो।'
उनले हालै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा भएको ‘जेनजी आन्दोलन’पछि भोटेकोशी पावर कम्पनीले १० प्रतिशत शेयर स्थानीय समूहलाई निःशुल्क दिने सहमति गरेको समाचारलाई लक्षित गर्दै सरकार र प्रशासनको मौन भूमिकाप्रति पनि प्रश्न उठाएका छन्।