Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले छोड्यो २० इजरायली बन्दी, बन्धकलाई रेडक्रसको जिम्मा लगाइयो

हमासले छोड्यो २० इजरायली बन्दी, बन्धकलाई रेडक्रसको जिम्मा लगाइयो

सोमवार , आश्विन २७, २०८२

एजेन्सी । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वपछि गाजामा बन्दी बनाइएका २० जना इजरायली नागरिकहरू हमासको कब्जाबाट मुक्त भएका छन् ।

यो घटना इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा आएको हो, जसअन्तर्गत इजरायलले करिब २,००० फलस्तीनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । यो सम्झौता इजरायलको सैन्य अभियान र हमासको प्रतिरोधबीचको लामो वार्तापछि भएको हो । अक्टोबर ७, २०२३ मा हमासको आक्रमणमा १,२०० भन्दा बढी इजरायलीहरू मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो । यसको जवाफमा इजरायलको कारबाहीमा गाजामा ६७,००० भन्दा बढी फलस्तीनीहरू मारिएका छन् ।

सम्झौताअन्तर्गत कुल २० जना जीवित बन्दीहरू र २८ जनाको शव फिर्ता हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवसरमा इजरायलको संसद् केनेसेतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

हमाससँग छैनन् अब जीवित बन्धक, बाँकी १३ जना पनि रिहा

आज पहिलो चरणमा सात जना र दोस्रो चरणमा १३ जना मुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई रेडक्रसमार्फत परिवारको जिम्मा लगाइएको छ ।

हमासले आज बिहानमात्र रिहा गरिने २० बन्धकको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालका विपीन जोशीको नाम समावेश थिएन ।

इजरायलको सेनाले उनी जीवित नरहेको संकेत गरेको छ । मृतकको सूचीमा पनि अहिलेसम्म उनको नाम आएको छैन ।

परिवारजन भने अझै पनि फर्किने आशामा छन् ।

द टाइम्स अफ इजरालयका अनुसार, अब हमाससँग कुनै जीवित बन्धक छैनन् । बाँकी २८ जनाको शवमध्ये केही आजै हस्तारण हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077