काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक असोज २९ गते बुधबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुने जानकारी दिए ।
बैठकमा हालको राजनीतिक परिवेशमा पार्टीको स्पष्ट धारणा तय गर्ने, अधिवेशनहरूको मूल्यांकन गर्ने र संगठन सुदृढीकरणका लागि ठोस योजना तय गर्ने एजेन्डा रहेको बताइएको छ ।