Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आयोगमा छलफल गरेर निस्किएका देव गुरुङ भन्छन्–सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका छ

आयोगमा छलफल गरेर निस्किएका देव गुरुङ भन्छन्–सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका छ

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका हुन् ।

माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले भनाइ छ । सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका नखेलेको उनको आरोप छ ।

उनले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गरे ।

उनले भने–‘सरकाले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाइरहेको छ । त्यसले गर्दा सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको छ ।’

निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन हुनुपर्ने बताउँर्दै उनले भने–‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ । त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउने भूमिका निर्वाह गर्न नसकेको पनि दावी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077