Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रवादी हुन्छन्, एकताबद्ध भएर अघि बढौँ : देव गुरुङ

कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रवादी हुन्छन्, एकताबद्ध भएर अघि बढौँ : देव गुरुङ

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले ‘कम्युनिस्ट एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले भने, 'वामपन्थीहरूको एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रवादी हुन्छन् । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न कालखण्डदेखि नै विखण्डन हुँदै आएको छ ।'

विखण्डित कम्युनिस्ट आन्दोलनलार्ई एकताबद्ध गर्न नसके लोकतन्त्रको रक्षा गर्न कठिन रहेको पनि उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077