Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निर्वाचन सम्भव नभए संसद् पुनर्स्थापना गर्नुपर्छ : देव गुरुङ

निर्वाचन सम्भव नभए संसद् पुनर्स्थापना गर्नुपर्छ : देव गुरुङ

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले देशलाई अहिलेको संक्रमणकालीन अवस्थाबाट जोगाउन राष्ट्रिय सहमति र संवैधानिक मार्गमै अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘जेनजी’ आन्दोलनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले देशको प्रमुख राजनीतिक निकास अब निर्वाचन सम्पन्न गर्नु नै भएको प्रस्ट पारे । तर, निर्वाचन हुन नसके संविधानले दिएको विकल्पअनुसार संसद् पुनर्स्थापना अनिवार्य बन्ने उनको तर्क छ।

गुरुङले पार्ल्यामेन्टरी व्यवस्थामा पनि राष्ट्रिय सहमति आवश्यक पर्ने उल्लेख गर्दै देशलाई नियमित राजनीतिक धानाबाट भट्काउनु नहुने बताए। 'अहिलेको वास्तविक विकल्प भनेको सहमतिबाट अघि बढ्नु हो,' उनले भने।

उनका अनुसार वर्तमान परिस्थितिमा पहिलो प्राथमिकता निर्वाचन हो। तर यदि निर्वाचन सम्पन्न गर्नै नसकिने अवस्था सिर्जना भयो भने संसद् पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहने उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077