Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतलाई शिक्षामन्त्रीको चेतावनी - भाइ धेरै चुरीफुरी नगर, तिमी अझै धेरै वर्ष बाँच्ने उमेरमा छौँ

महेश बस्नेतलाई शिक्षामन्त्रीको चेतावनी - भाइ धेरै चुरीफुरी नगर, तिमी अझै धेरै वर्ष बाँच्ने उमेरमा छौँ

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत र शिक्षामन्त्री महावीर पुनबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलेको छ ।

बस्नेतले हालै दिएको एक अन्तरवार्तामा नयाँ मन्त्रीहरूले देखावटी रूपमा ‘गार्ड, क्वाटर र गाडी नलिने’ भन्ने गरेको तर सुविधा भने विभिन्न बाटोबाट आएको दाबी गरेपछि मन्त्री पुनले कडा जवाफ फर्काएका हुन् ।

बस्नेतको उक्त अभिव्यक्तिको भिडियो सेयर गर्दै मन्त्री पुनले फेसबुकमा लेखेका छन्, 'महेश भाइ, मलाई क्वाटर चाहिँदैन, गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र गार्ड कहाँ छ, देखाउ।'

पुनले थप्दै लेखेका छन्, 'तथ्य नबुझी हावा कुरा नगर। म कस्तो मान्छे हुँ, तिमीलाई थाहा नभए जस्तो नगर। हामी तीन–चार पटक भेटेर कुरा पनि गरेका थियौँ। तिम्रो फोन नम्बर अझै मसँग छ। खाल्डोमा जाने काम नगर। तिमी अझै धेरै वर्ष बाँच्ने उमेरमा छौँ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077