Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षामा सहभागी परिक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको छ।

बोर्डले आज सूचना प्रकाशित गर्दै गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षामा पुराना आंशिकतर्फ नौ हजार नौसय ३४ र ग्रेडवृद्धि तर्फ चार हजार नौसय ७४ गरि १४ हजार नौसय १० परीक्षार्थी सहभागी भएका थिए।

त्यसमध्ये पुरानो आंशिकतर्फ पाँच हजार नौसय १६ र ग्रेडवृद्धि तर्फ तीन हजार पाँचसय ३० गरि कुल नौ हजार चारसय ५६ जना विद्यार्थी सबै विषयमा उत्तीर्ण भएका छन्। यो परीक्षामा समग्रमा ६३ दशमलव ४२ जना विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077