Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालीकै अर्का व्यक्ति पक्राउ, दर्ता नभएका पशु औषधि आयातको आरोप

कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालीकै अर्का व्यक्ति पक्राउ, दर्ता नभएका पशु औषधि आयातको आरोप

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । दर्ता नभएका पशु औषधि कीर्ते कागजातमार्फत आयात गरेको आरोपमा कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालीसँग सम्बन्धित थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार पक्राउ गरेको व्यक्ति काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ५३ वर्षीय हेमराज बडाल रहेका छन् । सिआइबीका अनुसार बडाललाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरबाट पक्राउ गरिएको हो ।

उनीमाथि लिखत सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि सो प्रकरणमा भेटका अध्यक्ष सुना सुवेदीलाई समेत पक्राउ गरिएको थियो।

अनुसन्धानका क्रममा भेट डिस्ट्रिब्युटर्सले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र कीर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरेको खुलासा भएको छ।

सिआइबीका अनुसार उक्त कम्पनीले पशु सेवा विभागको आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णय कागजात कीर्ते गरी औषधि आयात गरेको हो।

कीर्ते कागजातमार्फत नेपालमा दर्ता नभएका फ्लोक्यर, फ्लोरुटिन, बाइनोडक्स, लिभोफ्लोक्स बीएच, पाइपेराजाइनलगायतका औषधि विभिन्न भन्सार कार्यालयमा पेस गरी भित्र्याइएको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077