Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले हामीलाई तर्साउन खोज्यो : वर्षमान पुन

सरकारले हामीलाई तर्साउन खोज्यो : वर्षमान पुन

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारले ‘जेनजी’ आन्दोलनलाई अत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् ।

शनिबार (कात्तिक १) पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीका नेता–कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने कार्य भइरहेको उल्लेख गरे ।

उनले सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनमा हत्या, सत्तामा हालीमुहाली गर्ने बिचौलियालाई कारबाही गर्न नसकेको बताए ।

माओवादी केन्द्र र पार्टीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुसन्धानका नाममा तर्साउन खोजिएको उनको भनाइ थियो । उनले यसप्रकारको प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077