Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन

फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगरिए सरकारको औचित्य समाप्त हुने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन्।

फागुन २१ मा निर्वाचन र फागुन २८ गते ६ महिना पूरा हुने गरी मिति तय गरिएको उल्लेख गर्दै उनले तोकिएको समयमै चुनाव गराउनुपर्ने तर्क गरे ।

६ महिनाभन्दा बढी समय चुनाव नगरी रहन संविधानले नमान्ने बताउँदै उनले भने- 'निर्वाचन सार्नु भनेको संविधान मिच्नु हो तोकेको मितिमा निर्वाचन नगरे यो सरकारको म्याण्डेट सकिन्छ ।'

उनले ६ महिनाभित्र निर्वाचन गराउने सर्तमा राजनीतिक दलहरूको सहमतिबाट सरकार बनेको भन्दै सरकारले चुनाव नगराउने निर्णय गर्न नसक्ने बताए ।

साथै, उनले जेनजी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग, व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077