Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपरथी गणेशकुमार श्रेष्ठ बलाध्यक्ष रथीमा बढुवा

उपरथी गणेशकुमार श्रेष्ठ बलाध्यक्ष रथीमा बढुवा

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेपाली सेनाका उपरथी गणेश कुमार श्रेष्ठ रथीमा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

आइतबार सैनिक मुख्यालय भद्रकालीमामा आयोजित एक सामारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

श्रेष्ठलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ।

रथीमा बढुवा भएका श्रेष्ठ यसअघि सम्हार रथी विभागको प्रमुख थिए। उनी २०८० साउन ३० गते उपरथीमा बढुवा भएका थिए।

यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा ५८ वर्षे उमेर हदका कारण असोज २५ गतेबाट अनिवार्य अवकाशमा गएका थिए।

दुई जना रथीको दरबन्दी रहने सेनामा बलाधिकृत रथी र त्यसपछि बलाध्यक्ष रथी रहन्छन्।
अर्का रथी प्रदीपजंग केसी बलाधिकृत रथी रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077