Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आन्दोलनरत नर्स र सरकारी पक्षबीच वार्ता सुरु

आन्दोलनरत नर्स र सरकारी पक्षबीच वार्ता सुरु

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । आन्दोलनरत नर्स र सरोकारवाला पक्षबीच वार्ता सुरु भएको छ।

आज नेपाल नर्सिङ संघ, निजी मेडिकल कलेजका सञ्चालकरूबीच छलफल केहिबेर अघिबाट सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो। सरकारले तोकेको पाँचौ श्रेणी अन्तर्गतको पारिश्रमिक पाउनु पर्ने माग राख्दै हाल देशभरका नर्सहरू आन्दोलनमा उत्रिएका थिए।

असोज १० गते कास्कीको मणिपाल मेडिकल कलेजका नर्सहरूले सुरु गरेको आन्दोलनमा सबै अस्पतालका नर्सको सर्मथन बढेको छ ।

देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन्।

सरकारले नर्सको समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको थियो ।

अतिरिक्त सचिव प्राडा श्रेष्ठको संयोजकत्वमा गठन भएको १४ सदस्यीय समितिको पहलमा अहिले त्रिपक्षीय बैठक जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077