काठमाडौं। देशभरीका नर्सहरु पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा होमिएका छन् ।
निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने मागसहित आन्दोलनमा होमिएका हुन् ।
नर्सहरू आन्दोलनमा उत्रेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएको छ ।
नर्सहरूले असोज १० गते देखि सुरु गरेको आन्दोलनमा देशभरका नर्सहरुले समर्थन जनाएका छन्। देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर प्रदर्शन गरेका छन्।
श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने र १८ कात्तिकसम्म आफ्ना माग सम्बोधन नभए कडा आन्दोलनमा जाने नर्सिङ संघले जनाएको छ।
प्रमुख माग
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन
– सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था
– अतिरिक्त कार्यवापत भत्ता
– ज्यालादारीको अन्त्य
– तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी