Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री पुनको व्यंग्य - मसँग पनि ‘रोलेक्स’ छ है साथीहरु, लगाएर हिँडेको भए त बर्बादै हुने रहेछ

मन्त्री पुनको व्यंग्य - मसँग पनि ‘रोलेक्स’ छ है साथीहरु, लगाएर हिँडेको भए त बर्बादै हुने रहेछ

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पछिल्ला दिनमा चर्चामा आएको ‘रोलेक्स घडी प्रकरण’मा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेका बेला मन्त्री पुनले आइतबार फेसबुकमा एक पोस्ट लेख्दै आफूसँग पनि ‘रोलेक्स’ घडी रहेको बताएका हुन् ।

फेसबुकमा तस्बिरसहित पोस्ट गर्दै उनले लेखेका छन्, 'मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरू। यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङमा किताब बेच्दै जाँदा सुकेटारका एक वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो।'

स्वभावतः व्यंग्यात्मक शैलीका लागि चिनिने मन्त्री पुनले आफूलाई ‘भट्भटे मन्त्री’ भन्दै थप लेखेका छन्, 'मैले लगाएर हिँडेको भए त बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।'

उनले तीन वर्षअघि बेलायतमा बस्ने एक साथीले दिएको रोलेक्स घडी फेसबुकमै बेचिदिएको स्मरण गर्दै अहिले पाएको घडी तत्काल नबेच्ने टिप्पणी गरेका छन् ।

केही दिनअघि सञ्चारमन्त्री जगदीश खरेलले महँगो ‘रोलेक्स’ घडी लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। मन्त्री बनेलगत्तै देखिएको उक्त घडीबारे प्रश्न उठेपछि उनले घडी ‘रोलेक्स’ नभई दाइको पुरानो ‘रोस्टर’ ब्रान्डको भएको स्पष्टीकरण दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077