Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजदेखि सुरु भयो तिहारको सार्वजनिक बिदा

आजदेखि सुरु भयो तिहारको सार्वजनिक बिदा

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । आजदेखि तिहारको सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन् ।

कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ । अर्को दिन शुक्रवार तिहारको बिदा र शनिबार पनि बिदा नै हुने भएकाले आउँदो आइतवारदेखि मात्रै सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएका हुन् ।

तिहार तथा छठ पर्व मनाउन कतिपयले काठमाडौं छोड्नेक्रम सुरु भएको छ ।

यसवर्ष तिहारका लागि झन्डै छ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवसायीको अनुमान छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077