Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज सुदूरपश्चिम प्रदेशभर छुट्टी, यस्तो छ कारण

आज सुदूरपश्चिम प्रदेशभर छुट्टी, यस्तो छ कारण

बुधवार , पौष ३०, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । पश्चिम नेपालमा थारु समुदायले माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै मनाउन सुरु गर्ने भएकाले प्रदेश सरकारले पुस ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता’ (बंगुर) मारेर सामूहिक रूपमा पर्व मनाउने परम्परा रहेको छ। प्रदेश राजपत्रमा समेत पुस ३० गतेलाई ‘जिता पर्व’का रूपमा सार्वजनिक बिदा उल्लेख गरिएको छ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहेको छ। पुस महिनाको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा माघी पर्व मनाइन्छ।

यस अवसरमा माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077