Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तिहार सकिए पनि आज पनि सार्वजनिक बिदा, पाँच दिनदेखि ठप्प सरकारी काम

तिहार सकिए पनि आज पनि सार्वजनिक बिदा, पाँच दिनदेखि ठप्प सरकारी काम

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । यमपञ्चक अर्थात् तिहार बिहीबार नै समापन भए पनि सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको राजपत्र अनुसार कात्तिक ३ देखि ७ गतेसम्मका सबै दिन तिहारका लागि बिदा तोकिएको छ ।

यसअनुसार सोमबारदेखि बन्द रहेका सरकारी कार्यालयहरू आगामी आइतबार मात्र पुनः सञ्चालनमा आउने भएका छन् ।

तिथि घटबढका कारण तिहार बिदा यस वर्ष सामान्यभन्दा लामो भएको हो । यसअघि लक्ष्मीपूजा र भाइटीकाबीचको दिन अर्थात् कात्तिक ४ गते पनि अतिरिक्त बिदा दिइएको थियो। फलस्वरूप मंगलबार कुनै विशेष पर्व नपरे पनि सरकारी कार्यालयहरू बन्द रहे।

नियमित प्रशासनिक सेवा लिन चाहने सर्वसाधारण पाँच दिनसम्म सरकारी ढोका बन्द हुँदा असुविधामा परेका छन् ।

यता, निजी क्षेत्र र शिक्षण संस्थामध्ये धेरैजसोले भने बिहीबारपछि आंशिक रूपमा कामकाज सुरु गरिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077