काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अन्तर्वार्ता लिन इच्छुक पत्रकारहरूलाई आज दिउँसो भेटका लागि बोलाएका छन् ।
मन्त्री पुनले आज दिउँसो २ बजे केशरमहलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूसँग सामूहिक भेटघाट र कुराकानी गर्ने कार्यक्रम तय गरेका हुन् ।
उनका अनुसार पत्रकारहरूले दसैँअघि नै अन्तर्वार्ताको समय मागिरहेका थिए तर व्यस्तताका कारण समय दिन नसकेकाले आज विशेष समय छुट्याइएको छ ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “दसैँअघि अन्तर्वार्ताको समय दिन नसकेकोले आज दिउँसो २ बजे सामूहिक भेटघाट र कुराकानी गरिनेछ। समय एक घण्टा मात्र रहनेछ।”