काठमाडौं । वि.सं. २०४९ सालदेखि तेक्वान्दोमा रमाइरहेका युवा व्यवसायी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् ।
तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका उनले २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए ।
गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ पदक हासिल गरेका छन् । यसअघि गिरी संघको केन्द्रीय सदस्य एवं तेक्वान्दो राष्ट्रिय टिमका संयोजक थिए ।
उपाध्यक्ष गिरीले लामो समय तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई प्रशिक्षित गरेका थिए ।
उनले सञ्चालन गरेको तेक्वान्दो डोजाङबाट पाँच सयभन्दा धेरै ब्लक बेल्ट उपाधी हसिल गरेका खेलाडी उत्पादन गरेका छन् । उपाध्यक्ष गिरीले प्रशिक्षित गरेका दोस्रो, तेस्रो, चौथो, पाचौँ डानसम्मका थुप्रै खेलाडी रहेका छन् ।
उपाध्यक्षमा मनोनित भएपछि गिरी भन्छन्–‘मैले प्रशिक्षित गरेका तेक्वान्दो खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाउँदै तेक्वान्दो खेलको विकासमा अतुलनीय योगदान दिइरहेका छन् । अब संघको नेतृत्व तहमा रहेर तेक्वान्दो खेल र समाजलाई खेलकुदको माध्यमबाट सामाजिकीकरण गरी देश विकासमा योगदान पुर्याउने छु ।’

उपाध्यक्ष गिरी आफ्नो खेल करिअरका अतिरिक्त व्यवसायिक र समाज सेवाका क्षेत्रमा सफल व्यक्तिका रूपमा चिरपरिचित छन् । तेक्वान्दो संघ तथा खेलाडीहरूका लागि उनले निरन्तर सहयोग उपलब्ध गराउँदै आइरहेका छन् ।
संघको चितवनको सौराहमा भएको पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।
तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उपाध्यक्ष गिरीले अध्यक्षको भिजन र निर्देशनमा आफूले अहिलेसम्म हासिल गरेका अनुभवका आधारमा संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको खेलकुद क्षेत्रमा तेक्वान्दो विशिष्ट पहिचान भएको बताउँदै यो खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउन अथक परिश्रम गर्ने उपाध्यक्ष गिरीले बताए ।
तेक्वान्दो खेल सँगसँगै व्यवसायीक जीवनलाई अघि बढाएका गिरीले हाल आरजी क्रिएसन्स नेपाल नामक कम्पनी सञ्चालन गर्दै आएका छन् ।
आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर र विदेशमासमेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ ।
आरजी क्रियसन्सले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको पनि गिरी बताउँछनन् ।
आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टहरूमा नयाँ जेनेरेसनको सोच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरूलाई कुशलता पूर्वक अप्लाई गर्दै आएको छ ।