Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निश्चल, अमनप्रताप र बिजय लामा : जसले देश जलिरहँदा पनि ताली बजाए

निश्चल, अमनप्रताप र बिजय लामा : जसले देश जलिरहँदा पनि ताली बजाए

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । देशका सम्पदा संघीय संसद भवनमा आगजनी हुँदा नागरिक स्तब्ध बनेका बेला केही चर्चित अनुहारहरूको व्यवहारले समाजलाई झनै लज्जित बनाएको छ ।

संगीतकार चेतन सापकोटा, कलाकार निश्चल बस्नेत, फुटबलर अमनप्रताप अधिकारी र क्याप्टेन विजय लामाजस्ता व्यक्तिहरूको आगलागीप्रतिको ‘खुसीयाली’ले सामाजिक संजालमा व्यापक विरोधको लहर फैलिएको हो ।

संगीतकार चेतन सापकोटाले सिंहदरबार जलिरहेका बेला नारा लगाएको दृश्य सार्वजनिक भएको छ भने कलाकार निश्चल बस्नेतले संघीय संसद भवन जलेकोमा खुसी व्यक्त गरेको भिडियोसमेत भाइरल भएको छ।

त्यसैगरी राष्ट्रिय फुटबल टोलीका सदस्य अमनप्रताप अधिकारीले संसद भवनमा आगलागीपछि नेताहरूप्रति अपशब्द प्रयोग गर्दै देश नै ‘जलेर सिद्धियो’ भन्ने अभिव्यक्ति दिएका छन्। उनले उक्त भिडियो आफ्नै टिकटक खाताबाट सार्वजनिक गरेका थिए।

यता, पाइलट तथा सामाजिक अभियन्ता क्याप्टेन विजय लामाले युवाहरूसँग यूलनेस स्कुल जलेको पृष्ठभूमिमा सेल्फी खिच्दै गरेको दृश्य पनि सार्वजनिक भएपछि उनीमाथि समेत कडा आलोचना भइरहेको छ।

सामाजिक संजालमा नागरिकहरूले यस्ता व्यवहारलाई ‘सांस्कृतिक पतनको संकेत’ भन्दै असन्तोष पोखेका छन्। पूर्वराष्ट्रसेवक महादीप पोखरेलले लेखेका छन्, 'देशका अधिकांश सेलिब्रेटीहरूको सोच र दिमाग कति कुहिएको छ भन्ने कुरा देश जलिरहँदा तिनीहरूले मनाएको उत्सव देखेर बुझिन्छ। जिन्दगीमा एक थान अमेरिकी भिसाको आश र रंगीन जीवनको मोहले तिनीहरूलाई यस्ता विकृत सोचतर्फ उन्मुख बनाएको हो।'

उनले थप लेखेका छन्, “'मलाई मेरो देश चाहियो’ भन्दै कुर्लिने तिब्बतीयन ब्लड र ‘तेरो देश जलेर सिद्धियो’ भन्ने तथाकथित कलाकारहरू नै २४ गतेको विध्वंसका मुख्य कारक हुन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077