Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाँच एसएसपी डिआईजी बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा रहेका अधिकारी छुटे

पाँच एसएसपी डिआईजी बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा रहेका अधिकारी छुटे

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना एसएसपीलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

जसमा पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् ।

प्रहरी प्रधान कार्यालयमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिमा आईजीपी सदस्य र मानवश्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् ।

यसअघि विश्व अधिकारी र हाल विमानस्थल प्रहरी प्रमुख रहेका सोमेन्द्र सिंह राठौरको पनि नाम बढुवाको चर्चामा थियो । तर, जेनजी आन्दोलनमा बल प्रयोग गरेको विषयमा विवादमा तानिएका अधिकारीलाई जेनजी आन्दोलनकै बलमा बनेको सरकारले बढुवा रोकेको स्रोतको दावी छ ।

एसएसपी बढुवामा पहिलो नम्बरमा रहेका अधिकारी छुटेका हुन् । अधिकारी छुट्दा एसएसपी बढुवामा दोस्रो नम्बरमा रहेको भुपेन्द्र खत्री डिआईजीमा पहिलो नम्बरमा बढुवा भएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077