Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खापुङले पूर्वाग्रह साँधेका अधिकारीलाई आईजीपी कार्कीले दिए न्याय, डिआईजीमा बढुवा सिफारिस

खापुङले पूर्वाग्रह साँधेका अधिकारीलाई आईजीपी कार्कीले दिए न्याय, डिआईजीमा बढुवा सिफारिस

सोमवार , मंसिर १, २०८२

काठमाडौं । एसएसपी विश्व अधिकारी डिआईजीमा बढुवा सिफारिस भएका छन् ।

वरियतामा पहिलो नम्बरमा भएर पनि तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङले कार्तिक ९ मा भएको बढुवामा छुटाएका एसएपी अधिकारीको बढुवा सिफारिस भएको हो ।

आईजीपी दानबहादुर कार्कीले जेनजी आन्दोलनको बहानामा बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारीलाई अहिले आएर न्याय दिएका हुन् ।

कार्तिक ९ मा नेपाल प्रहरीका ५ जना एसएसपीहरू डीआईजीमा बढुवा सिफारिस हुँदा अधिकारी छुटेका थिए ।

त्यसबेला डीआईजीमा बढुवा सिफारिस भएकाहरूमा पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रो सानुराम भट्टराई, तेस्रो ओम अधिकारी, चौथो शेखर खनाल र पाँचौ अभिनारायण काफ्ले थिए । तर, खापुङले वरियतामा पहिलो नम्बरमा रहेका अधिकारीलाई छुटाएर काफ्लेलाई बढुवा गरेका थिए ।

आज बसेको बढुवा समितिको बैठकले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडा, मकवानपुरमा दरबन्दी रहेका अधिकारीलाई बढुवा सिफारिस गरेकोक हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077