Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

डीआइजी अधिकारीको प्रबन्ध निर्देशनालयमा पदस्थापन

डीआइजी अधिकारीको प्रबन्ध निर्देशनालयमा पदस्थापन

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रहरीका डीआइजी विश्व अधिकारीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा पदस्थापन भएको छ।

सोमबार गृहमन्त्रीस्तरबाट उनको बढुवा र पदस्थापन भएको हो।

बढुवा भएका डीआइजी अधिकारीलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन् ।

अधिकारी आफ्नो ब्याचमा एक नम्बरका एसएसपी भएपनि तत्कालिन आइजिपी चन्द्रकुबेर खापुङले उनलाई गत महिना बढुवामा छुटाएका थिए। नयाँ आइजिपी आएलगत्तै उनको बढुवा भएको हो।

प्रबन्ध निर्दशनालयका डिआइजी बिनोद घिमिरेको कोशी प्रदेशमा सरुवा भएसँगै त्यहाँको दरबन्दी रिक्त थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077