Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्प र सी जिनपिङ भेटअघि दुई देशबीच व्यापार सम्झौताको खाका तयार

ट्रम्प र सी जिनपिङ भेटअघि दुई देशबीच व्यापार सम्झौताको खाका तयार

सोमवार , कार्तिक १०, २०८२

एजेन्सी । अमेरिका र चीनबीच व्यापार सम्झौताको विषयलाई लिएर प्रारम्भिक सहमति जुटेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीच यसै हप्ता दक्षिण कोरियामा हुने भेटअघि दुई देशले व्यापार सम्झौताको प्रारम्भिक खाका तयार पारेका हुन्।

मलेसियामा सम्पन्न आसियान सम्मेलनका क्रममा दुई देशका अधिकारीबीच सहमति जुटेको बताइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार, वार्ताले नोभेम्बर १ देखि चीनमाथि लगाउने भनिएको १०० प्रतिशत अमेरिकी शुल्कको जोखिम हटाएको छ । यस्तै चिनियाँ दुर्लभ खनिज निर्यातको ढोका खोलिएको छ ।

यसले दुवै देशबीचको व्यापार युद्धमा अस्थायी शान्ति ल्याउने अपेक्षा गरिएको छ । यस क्रममा ट्रम्पले दक्षिण कोरियाको ग्येङ्जुमा आगामी बिहीबार हुने एपेक सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्।

उक्त सम्मेलनमा ट्रम्प र सीले सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । सम्झौताले अमेरिकी सोयाबिन निर्यात पुनः सुरु हुने र दुर्लभ खनिज आपूर्तिमा सन्तुलन ल्याउने आशा गरिएको छ ।

वार्तामा टिकटकको स्वामित्व अमेरिकी नियन्त्रणमा लैजाने विषयमा पनि छलफल भएको बेसन्टले बताउनुभएको छ । दुवै पक्षले लागूऔषध नियन्त्रण व्यापार सन्तुलन र अन्य आर्थिक विषयमा समेत सहकार्य गर्ने सहमति जनाएका छन्।

दुवै देशले विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अझ बढ्नबाट रोक्न प्रयास गरिरहेका छन्।

राष्ट्रपति ट्रम्प एसियाको एक हप्ता लामो भ्रमणमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077