Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

'दुवैबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल हुने'

बुधवार , जेठ ६, २०८३

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।

राजकीय भ्रमणका लागि मङ्गलबार अबेर बेइजिङ पुगेका पुटिनलाई सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरेका छन् । 

बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको बताइएको छ । लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन् ।

बेइजिङमा रहँदा पुटिनले रुस र चीनबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारले जनाएको छ । रुसी राष्ट्रपतिको यो २५औँ औपचारिक चीन भ्रमण हो। 

पुटिन सन् २०२६ को आफ्नो पहिलो विदेश भ्रमणको निम्ति निकै महत्त्वपूर्ण मानिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै बेइजिङ पुगेका हुन् । चीन भ्रमणका क्रममा ट्रम्प र सीबीच इरान युद्धदेखि व्यापारका विभिन्न विषयमा छलफल भएको थियो ।

निरन्तर एक्लिँदो रुसका लागि चीन रुसको एक प्रमुख सहयोगी र तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । चीनलाई ५० अर्ब घन मिटर प्राकृतिक ग्यास पु¥याउन सक्ने एउटा नयाँ पाइपलाइन भ्रमणको उच्च प्राथमिकतामा हुने छ। पुटिन विश्व नेताहरूको त्यो लामो सूचिमा समावेश भएका छन् जो पछिल्ला महिनाहरूमा चीनसँग व्यापार बढाउन बेइजिङ पुग्ने गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको निम्ति भएको बताएको छ । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077