Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै

रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै

बिहिवार , मंसिर १८, २०८२

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज भारत भ्रमण गर्दै छन्।

२३औँ भारत रुस वार्षिक शिखर-सम्मेलनका क्रममा पुटिन बिहीबार दिउँसो दिल्ली आइपुग्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।

राष्ट्रपति पुटिनले भारतमा ३० घण्टा बिताउने कार्यतालिका रहेको छ। दुईदिने यो भ्रमणका क्रममा हुने वार्तामा रक्षा सहकार्य अझै गहिरो बनाउने, व्यापार र ऊर्जा-सम्बन्धी सहयोग विस्तार गर्ने विषय मुख्य एजेण्डा रहनेछन्। अमेरिकाले रुसी तेल किन्न बन्द गर्न भारतमाथि दबाब बढाएको केही महिनापछि भारत र रुसले भ्रमणको क्रममा धेरै सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

भारत र रूस दशकौंदेखि घनिष्ठ सहयोगी रहेका छन्। पुटिनको भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट, दिल्ली पुगेको केही घण्टा मै प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रि भोजमा सरिक हुने तालिका छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।

पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077