Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवा पत्नी आरजुसहित आज सिंगापुर जाँदै

कांग्रेस सभापति देउवा पत्नी आरजुसहित आज सिंगापुर जाँदै

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन्।

कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणासहित देउवा आज बेलुका ९ बजे सिंगापुर जान लागेका हुन् ।

उनीहरु थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए।

देउवाको टाउकोमा गहिरो चोट लागेको र उपचारको क्रममा १२ टाँका लगाइएको थियो ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। सोही दिन देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077