Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'स्वीप अपरेसन' गर्दा होस्टेलमा फेला पर्‍यो प्रहरीको हतकडी र लौरो

'स्वीप अपरेसन' गर्दा होस्टेलमा फेला पर्‍यो प्रहरीको हतकडी र लौरो

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । काठमाडौंको सुविधानगरस्थित एक ब्वाइज होस्टेलबाट प्रहरीले प्रयोग गर्ने हतकडी र लौरो बरामद गरिएको छ ।

आइतबार दिउँसो प्रहरीले सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टेलबाट हतकडी र लौरो बरामद गरेको हो।

जेनजी प्रदर्शनका क्रममा लुटिएका हतियार र पोसाक उक्त होस्टेलमा रहेको सूचनाका आधारमा प्रहरीले 'स्वीप अपरेसन’ चलाएको थियो । सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताएका छन् ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको छ ।

सामान बरामदपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077