Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सादा पोसाकका प्रहरी नै पक्राउ

सादा पोसाकका प्रहरी नै पक्राउ

शनिवार , माघ ३, २०८२

काठमाडौं । सूचना संकलनका लागि परिचालन गरिएका सादा पोशाकका घुमुवाका कारण नेपाल प्रहरी बदनाम हुने गरेको छ ।

नेपालसँग सीमा जोडिएका तराईका जिल्लामा सूचना संकलनका लागि भन्दा पनि अतिरिक्त कमाइका लागि जिल्लादेखि इलाका र चौकीका इन्चार्जले सादा पोशाकका प्रहरी परिचालन गर्ने गरेको पाइन्छ ।

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर परिसर र बृत्तका इन्चार्जहरुले पनि घुमुवा खटाउने र ती घुमुवाको काम सूचना संकलन नभएर हाकिम र आफ्नो लागि अतिरिक्त कमाइ गर्ने भएको गुनासो ब्यापक छ ।

यसैक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका छन् । उनी पनि घुमुवा नै हुन् ।

बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ ।

बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका हुन् ।

तामाङले खटाएका घुमुवा बिष्टको टोलीलाई वर्तमान उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले पनि निरन्तरता दिएका थिए ।

(यसअघिको  समाचारमा अनुसन्धानमा रहेका प्रहरीको बारेमा तस्बिर र समाचार अन्यथा पर्न गएकोमा सच्याइएको छ । सम्पादक)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077