Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ४६ जना कारबाहीमा

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ४६ जना कारबाहीमा

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं। गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ४६ जना कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो।

देशका विभिन्न भागबाट राजधानी काठमाडौं आएका यात्रुलाई जबरजस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय जनाएको छ ।

प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको थियो ।

सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेको र उक्त घटना दोहोरिएमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँने बताइएको छ ।

नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएकाले उक्त क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उपत्यका प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077