काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीलाई दिइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा प्रमुखका रूपमा पदस्थापन गर्ने निर्णय गरेको हो।
कात्तिक २६ गतेदेखि दानबहादुर कार्की आईजीपीमा बढुवा भएसँगै उपत्यका प्रहरी कार्यालयको नेतृत्व रिक्त रहेको थियो।
रिक्त पदमा बढुवा भएका एआईजी ईश्वर कार्कीलाई नै राजधानीको सुरक्षा नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पिए को हो ।