Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी कार्की एआईजी बढुवामा सिफारिस

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी कार्की एआईजी बढुवामा सिफारिस

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । हाल उनी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि एआईजी पद रिक्त रहेको थियो ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077