Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।

प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल छठ गुह्वेश्वरी पुगर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077