Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरी जवान हत्या आरोपमा थप दुई जना पक्राउ

प्रहरी जवान हत्या आरोपमा थप दुई जना पक्राउ

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् ।

सिसिटिभी फुटेजको आधारमा श्रेष्ठ र तामाङलाई थापामाथि कुटपिट गरेको तथा प्रहरी बृत्त महाराजगञ्जमा ढुङगामुढा र आगजनि गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरु दुबैलाई  प्रहरीले सुकेधारा क्षेत्रबाट सोमबार साँझ नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

६ जनामाथि अनुसन्धान जारी छ भने अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन् । समग्रमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ।

सबै लाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077