Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पूर्वप्रहरी हवलदारको हत्यापछि फरार व्यक्ति ७ महिनापछि रुपन्देहीबाट पक्राउ

पूर्वप्रहरी हवलदारको हत्यापछि फरार व्यक्ति ७ महिनापछि रुपन्देहीबाट पक्राउ

शुक्रवार , मंसिर १९, २०८२

लमजुङ । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।

उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो।

दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले जनाएको छ।

पूर्वप्रहरी हवलदार ४५ वर्षीया कँडेल २०८१ चैत ३१ गते लमजुङको बेँसीसहर नगरपालिका-२, भकुण्डेस्थित घरभित्र मृत भेटिएकी थिइन्।

ताल्चा लागेको घरबाट दुर्गन्ध फैलिएपछि स्थानीयले सूचना गरेपछि प्रहरीले खानतलास गर्दा सुत्ने कोठामा रहेको बक्स पलङको ओछ्यानमुनि त्रिपालले बेरिएको अवस्थामा पूर्वहवलदार सीताको शव भेटिएको थियो।

सो बीभत्स हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो। बुद्धिराम यसअघि पनि हत्यामा संलग्न रही जेल बसेका व्यक्ति हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077