धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली गठन गरेको छ ।
पुरानो टोलीलाई विघटन गरी सादा पोसाकमा खटिने नयाँ चार सदस्यीय टोली परिचालन गरिएको हो ।
प्रहरी स्रोतका अनुसार नयाँ टोलीको इन्चार्जको जिम्मेवारी वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई दिइएको छ।
ठकुरीको कमाण्डमा रहेको टोलीले अपराध अनुसन्धान र गोप्य सूचना संकलनका काममा पहिले नै सक्रियता सुरु गरिसकेको जनाइएको छ।