Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अदालतको फैसला कार्यान्वयनमा कैलाली प्रहरीको कडाइ, एकैदिन ४२ प्रतिवादी पक्राउ

अदालतको फैसला कार्यान्वयनमा कैलाली प्रहरीको कडाइ, एकैदिन ४२ प्रतिवादी पक्राउ

मंगलवार , मंसिर २, २०८२

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न मुद्दामा फरार रहँदै आएका ४२ जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका ती व्यक्तिहरू जिल्लाका विभिन्न ठाउँमा लुकीछिपी बसेको अवस्थामा फेला परेका हुन् ।

मंसिर २ गते बिहानदेखि खटिएको जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले ती फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालत कैलालीमा बुझाएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनमा अवरोध पुर्‍याइरहेका व्यक्तिहरू लामो समयदेखि फरार थिए । फरार समात्ने अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने कैलाली प्रहरीको तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077