Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री अर्याल र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो छलफल ?

गृहमन्त्री अर्याल र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो छलफल ?

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन्।

गृहमन्त्रीको सचिवालयका अनुसार आज गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको कार्यान्वायनदेखि शरणार्थीको विषयमा छलफल भएको जनाएको छ।

भेटमा राजदूत थम्सनले एमसिसी परियोजना कार्यालयका लागि कतिपय स्थान जग्गा अधिग्रहणका लागि समस्या भइसकेको समस्या सुनाएका थिए। जवाफमा मन्त्री अर्यालले यससम्बन्धी समस्या तत्कालै समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत थम्सनले नेपालमा रहेका विदेशी शरणार्थीको विषयमा चासो राखेका थिए । जवाफमा मन्त्री अर्यालले शरणार्थीको मानव अधिकारको विषयलाई नेपालले सम्मान गर्ने बताएको मन्त्रालय स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077