Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

आज दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी उनले बैठक बोलाएका हुन् ।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएको गृहमन्त्रालयले जनाएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतलाई बोलाइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077