काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले मुलुकका जटिल राजनीतिक र सामाजिक समस्याहरूको समाधान निरन्तर संवाद र विचार–विनिमयबाट खोज्नुपर्ने बताएकी छन् ।
बालुवाटारमा बुधबार जारी त्रिपक्षीय छलफलमा उनले सबै पक्षका विचार सुन्न र साझा सहमति निर्माण गर्न आह्वान गरेकी हुन् ।
छलफलको प्रारम्भमै प्रधानमन्त्री कार्कीले भनिन्, 'सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन ।'
उनले संवादलाई स्थायी समाधानको माध्यमका रूपमा व्याख्या गर्दै बारम्बारका भेटघाट र छलफलले नै निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरिन् ।
'एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ । आ–आफ्ना विचार राख्न म खुला गर्छु,' उनले भनिन् ।